चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 4 of 1114
  • 2026-10-13
  • 14:04:02
  • मंगलबार,आश्विन २७, २०८३

About Author

आज नवरात्रको दोस्रो दिनः ब्रह्मचारिणीको आराधना, शक्ति र विद्याको कामनासहित पूजा गरिँदै

काठमाडौँ– बडादसैँअन्तर्गत नवरात्रको दोस्रो दिन आज आश्विन शुक्ल द्वितीयामा नवदुर्गाको दोस्रो स्वरूप ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ। दसैँ घर तथा पूजा कोठामा देवीलाई आह्वान गरी वैदिक विधिअनुसार पूजाआजा गर्ने परम्पराअनुसार भक्तजनले ब्रह्मचारिणीको उपासना गरिरहेका छन्। नवरात्रको पहिलो दिन घटस्थापना गरी जौको जमरा राखिएको थियो। सोही दिन नवदुर्गाको पहिलो स्वरूप शैलपुत्रीको पूजा गरिएको थियो। दोस्रो दिन ब्रह्मचारिणीको आराधना गरिन्छ। ब्रह्मचारिणीलाई तपस्या, धैर्य, संयम र साधनाको प्रतीकका रूपमा लिने धार्मिक मान्यता छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थ तथा देवी स्तोत्र पाठ गर्ने चलन छ। वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा भवानीको विशेष पूजा आराधना गर्छन्। देवीको उपासनाबाट शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। नवरात्रभर देशभरका विभिन्न शक्तिपीठमा भक्तजनको चहलपहल बढ्ने गर्छ। देवीको दर्शन र पूजाआजाका लागि मन्दिर पुग्ने भक्तजनको सङ्ख्या बढेसँगै धार्मिक स्थलहरूमा दसैँको रौनक थपिएको छ। नौ दिनसम्म पूजा आराधना गरेपछि देवीको प्रसादका रूपमा जमरा र टीका विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। यसले नवरात्रको धार्मिक अनुष्ठानलाई दसैँको मुख्य उत्सवसँग जोड्ने गर्छ।

News by आज नवरात्रको दोस्रो दिनः ब्रह्मचारिणीको आराधना, शक्ति र विद्याको कामनासहित पूजा गरिँदै :