चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 3 of 1106
  • 2026-10-07
  • 13:50:20
  • बुधबार,आश्विन २१, २०८३

About Author

नेपाली सेनाको सैन्य पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

बुटवल– लोक सेवा आयोगले नेपाली सेनाको सैन्य पदका लागि सञ्चालन गरेको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगको केन्द्रीय कार्यालयले मंगलबार सूचना जारी गर्दै नतिजा प्रकाशन भएको जानकारी दिएको हो। आयोगका अनुसार बुटवल कार्यालयबाट सञ्चालन भएको नेपाली सेनाको विज्ञापन नं. ०८२/८३/१०० (खुला तथा समावेशी) अन्तर्गत सैन्य पदमा लिखित परीक्षाका लागि छनोट भएका उम्मेदवारहरूको नतिजा सार्वजनिक गरिएको हो। श्री रामवाण गुल्म, धागिथुम ब्यारेक, गुल्मीबाट लिखित परीक्षाका लागि छनोट भएका उम्मेदवारहरू परीक्षामा सहभागी भएका थिए। आयोगले सार्वजनिक गरेको सूचनामा परीक्षाको नतिजासहित सम्बन्धित विवरण समावेश गरेको छ। आयोगले आगामी प्रक्रियाका सम्बन्धमा सूचनामा उल्लेखित विवरणअनुसार अघि बढ्न सम्बन्धित उम्मेदवारलाई आग्रह गरेको छ।

News by नेपाली सेनाको सैन्य पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा :