चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 30 of 1109
  • 2026-10-09
  • 08:13:38
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

चार संसदीय समितिको बैठक बस्दै, के छन् एजेन्डा ?

काठमाडौँ–आज (आइतबार) एकै दिन विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै छन्। जसअनुसार, अर्थ समितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ। सो विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका संशोधनकर्ता सांसदहरूसँग छलफल हुनेछ। बैठक बिहान १० बजे बस्ने छ। बिहान १० बजे बस्ने स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयक, २०८१’ मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ। विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः१५ बजे बस्दै छ। सो समितिको बैठकमा नेपालमा स्वदेशी र वैदेशिक एवं निजी र सार्वजनिक लगानीको अवस्था, जलवायु परिवर्तनको असर र लगानीको वातावरणमा परेको प्रभाव, राष्ट्रिय तथा प्रादेशिक स्तरमा गरिने लगानी सम्मेलनको व्यवस्थापन, उपयुक्त लगानी वातावरण बनाउन आवश्यक नीतिगत एवं कानुनमा गर्नुपर्ने सुधारलगायतका विषयमा छलफल गरिँदै छ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ः३० बजे बस्दै छ। बैठकमा ‘पुस्तकालय नीति’को मस्यौदाका सम्बन्धमा विज्ञसँग छलफल गरिँदै छ।

News by चार संसदीय समितिको बैठक बस्दै, के छन् एजेन्डा ? :