चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1063 of 1100
  • 2026-10-05
  • 02:42:37
  • आइतबार,आश्विन १८, २०८३

About Author

फिल्म ‘हिजोआजका कुरा’को ट्रेलर सार्वजनिक

काठमाडौं– सन्तोष पन्तको फिल्म ‘हिजोआजका कुरा’को ट्रेलर सार्वजनिक भएको छ। २ मिनेट ४४ सेकेन्डको ट्रेलरमा पुस्तान्तर र विदेशिने सपनाले परिवार, विवाह र सम्बन्धमा पारेको असरको कथा समेटिएको छ। कुनैबेला नेपाल टेलिभिजनको चर्चित हास्यश्रृंखलाकै शीर्षक, निर्माता र कलाकारलाई लिएर बनाइएको फिल्मलाई साकार पन्तले निर्देशन गरेका हुन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरियो। सन्तोषसहित फिल्ममा रमा थपलियाको प्रमुख भूमिका छ। टीभी सिरिजमा समेत सन्तोष र रमाले अनस्क्रिन कपलको भूमिका चित्रण गरेका थिए। केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव, रीमा विश्वकर्मा, जयन्द लामा लगायतको प्रमुख भूमिका रहेको फिल्मलाई सोसल र कमेडी ड्रामा जनरामा राखिएको छ। फिल्म असोज २८ गते देशव्यापी प्रदर्शनको तयारीमा छ। https://youtu.be/Fa7YRiYpyR4

News by फिल्म ‘हिजोआजका कुरा’को ट्रेलर सार्वजनिक :