लोकसेवा उपयोगी सामग्री [४] - Chaitanya News
  • 2026-04-22
  • 08:07:13
  • बुधबार,बैशाख ०९, २०८३
  • लोकसेवा उपयोगी सामग्री [४]

    लोकसेवा उपयोगी सामग्री [४]

    १. कुन भनाई गलत छ?

    A) सामान्यतया ताराहरु ग्याँस र प्लाज्माबाट बनेका हुन्छन्।
    B) उत्तरी धु्रवको माथि निश्चल र अटल रुपमा देखिने तारा साइरस हो।
    C) निहारिका भन्नाले ग्यासको बादललाई बुझिन्छ।
    D) सूर्यभन्दा ठूलो तारा विस्फोट भएमा त्यसलाई सुपरनोभा भनिन्छ।

    २. पृथ्वीको जल सतहमा कति घनमिल पानी भरिएको छ?

    A) २२ करोड घनमिल B) २३ करोड घनमिल C) २४ करोड घनमिल D) २५ करोड घनमिल

    ३. तल दिइएका कथन सम्बन्धमा विचार गर्नुहोस्।

    i) अन्तरिक्षमा स्थापना गरी प्रशान्त महासागरमा खसालिएको रुसी अन्तरिक्ष केन्द्रको नाम Mir space station हो।
    ii) अन्तरिक्षमा प्रवेश गर्ने छैठौं राष्ट्र भारत हो।

    A) i ठिक ii बेठिक B) ii ठिक i बेठिक C) दुवै ठिक D) दुवै बेठिक

    ४‍. पूर्वाञ्चलको सानो जिल्ला कुन हो?

    A) तेह्रथुम B) ओखलढुंगा C) सोलुखुम्बु D) इलाम

    ५. तलका कुन कुन भनाई सहि/गलत छन्?

    (१) विश्वमा सबैभन्दा बढी मानिने धर्म क्रिस्चियन हो।
    (२) मेवाखोला जलविद्युत ओखलढुङ्गाा जिल्लामा पर्दछ।
    (३) स्याउको प्रमुख उत्पादक देश क्यानडा हो।
    (४) नेपालका कोष तथा लेखा निकयन्त्रण कार्यालयको संख्या ७५ छ।
    A) २ र ३ मात्र सहि B) ३ र ४ मात्र सहि C) सबै सहि D) १ सहि अरु सबै गलत

    ६) हिमाली क्षेत्रका मानिसहरूको मुख्य पेशा के हो?

    A) पर्यटन B) पशुपालन C) कृषि D) उद्योग

    ७) बेलायतको आधुनिक शासन व्यवस्थामा Magna Carta मा भएको तलका कुन कुरालाई हालसम्म पनि पूर्ण अवलम्बन गरेको पाइन्छ?

    A) कर लगाउन संसदको स्वीकृति लिनुपर्ने B) बन्दी प्रत्यक्षीकरण सम्बन्धी व्यवस्था
    C) जुरी प्रणाली सम्बन्धी व्यवस्था D) माथिका सबै

    ८) Spinning Jenny ले हातले भन्दा कति गुणा बढी धागो कात्न सक्दथ्यो?

    A) ५ गुणा B) ६ गुणा C) ७ गुणा D) ८ गुणा

    ९) गोपाल राजवंशावली नेपाली भाषामा कहिले प्रकाशन गरियो?

    A) २०६४ सालमा B) २०६५ सालमा C) २०६६ सालमा D) २०६७ सालमा

    १०) २००७ साल फागुन ७ गते गठित मन्त्रिमण्डलको रक्षामन्त्रीको रुपमा को थिए?

    A) मोहन शमशेर ज.ब.रा. B) चुडाशमशेर ज.ब.रा.
    C) बबरशमशेर ज.ब.रा. D) विश्वेश्वरप्रसाद कोइराला

    ११) सामवेदमा कति शाखा रहेका छन्?

    A) ८०० B) ९०० C) १००० D) ११००

    १२) नेपालको संविधान अनुसार “राष्ट्रभाषा” भन्नाले के बुझिन्छ?

    A) नेपालमा बोलिने सबै मातृभाषाहरू B) देवनागरिक लिपिका सबै भाषाहरु
    C) अन्तर्राष्ट्रिय स्तरमा बोलिने भाषा D) माथिका कुनै पनि होइन

    १३) नेपाल अधिराज्यको संविधान, २०४७ मा कतिवटा मौलिक हकहरुको व्यवस्था गरिएको थियो?

    A) १० वटा B) ११ वटा C) १२ वटा D) १३ वटा

    १४) दिएकामध्ये कुन नेपाली नागरिकका कर्तव्य हुन्?

    A) राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु,
    B) संविधान र कानूनको पालना गर्नु,
    C) राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु, सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु,
    D) उल्लेखित सबै।

    १५) देहायको कुन अवस्थामा राष्ट्रपतिको पद रिक्त हुनेछ?

    A) निजले उपराष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा,
    B) निजको विरुद्ध धारा १०१ बमोजिम महाभियोगको प्रस्ताव पारित भएमा,
    C) निजको पदावधि समाप्त भएमा, निजको मृत्यु भएमा ।
    D) उल्लेखित सबै ।