बर्दिया–२ (क) बाट कांग्रेसका गोपालबहादुर शाह सिफारिस - Chaitanya News
  • 2026-04-22
  • 08:08:53
  • बुधबार,बैशाख ०९, २०८३
  • बर्दिया–२ (क) बाट कांग्रेसका गोपालबहादुर शाह सिफारिस

    बर्दिया–२ (क) बाट कांग्रेसका गोपालबहादुर शाह सिफारिस

    काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसका युवा नेता गोपालबहादुर शाह प्रदेशसभा सदस्यको उम्मेद्वार सिफारिस भएका छन।

    शाहलाई आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि जिल्ला समिति बर्दियाले बर्दिया क्षेत्र नं २ (क) बाट प्रदेशसभा सदस्यको उम्मेद्वारका रुपमा सिफारिस गरिएको हो।

    लामो समय देखि कांग्रेसको राजनीतिमा लागेका शाह राजनीतिक विश्लेषक तथा अधिकारकर्मीको रुपमा परिचित छन्। उनी नेपाली कांग्रेसको केन्द्रिय संघीय मामला तथा प्रदेश समन्वय विभाग सदस्य पनि हुन्।

    मानव अधिकार र द्वन्द्वपिडित समुदायको पक्षमा निरन्तर संघर्षरत शाहले आफूले देश, समाज र पार्टीको पक्षमा निरन्तर योगदान गरिरहेको बताए। उनी आगामी निर्वाचनमा आफूलाई पार्टीले उम्मेद्वारका रुपमा टिकट दिनेमा विश्वस्त छन्।