काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् चितवन राइनोजका ओपनर डाविड मलान। विराटनगर किंग्सविरुद्ध त्रिवि क्रिकेट मैदानमा जारी खेलमा मलानले ४१ बलमै अर्धशतक पूरा गरेका हुन्।
विष्फोटक ब्याटिङ गरेका मलानले ५१ बलमा ७० रन जोड्दै चितवनको इनिङ्सलाई गति दिएका थिए। उनको ब्याटबाट ५ चौका र ५ छक्का निस्किए।
आक्रामक लयमा रहेका मलानलाई विराटनगरका आन्द्रे रसेलले १३ ओभरको दोस्रो बलमा आउट गरे। मलानको अर्धशतकसँगै एनपीएल–३ मा पहिलो अर्धशतक चितवनका नाममा दर्ता भएको छ।