फिल्म ‘हिजोआजका कुरा’को ट्रेलर सार्वजनिक - Chaitanya News
  • 2026-04-22
  • 08:08:55
  • बुधबार,बैशाख ०९, २०८३
  • फिल्म ‘हिजोआजका कुरा’को ट्रेलर सार्वजनिक

    फिल्म ‘हिजोआजका कुरा’को ट्रेलर सार्वजनिक

    काठमाडौं– सन्तोष पन्तको फिल्म ‘हिजोआजका कुरा’को ट्रेलर सार्वजनिक भएको छ। २ मिनेट ४४ सेकेन्डको ट्रेलरमा पुस्तान्तर र विदेशिने सपनाले परिवार, विवाह र सम्बन्धमा पारेको असरको कथा समेटिएको छ।

    कुनैबेला नेपाल टेलिभिजनको चर्चित हास्यश्रृंखलाकै शीर्षक, निर्माता र कलाकारलाई लिएर बनाइएको फिल्मलाई साकार पन्तले निर्देशन गरेका हुन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरियो।

    सन्तोषसहित फिल्ममा रमा थपलियाको प्रमुख भूमिका छ। टीभी सिरिजमा समेत सन्तोष र रमाले अनस्क्रिन कपलको भूमिका चित्रण गरेका थिए। केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव, रीमा विश्वकर्मा, जयन्द लामा लगायतको प्रमुख भूमिका रहेको फिल्मलाई सोसल र कमेडी ड्रामा जनरामा राखिएको छ।

    फिल्म असोज २८ गते देशव्यापी प्रदर्शनको तयारीमा छ।