नेपालका सम्पदाहरूको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ : मेयर साह - Chaitanya News
  • 2026-04-22
  • 08:06:38
  • बुधबार,बैशाख ०९, २०८३
  • नेपालका सम्पदाहरूको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ : मेयर साह

    नेपालका सम्पदाहरूको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ : मेयर साह

    काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपालका सम्पदाहरूको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्न सकिने बताएका छन्। उनले नेपालमा भएका सम्पदाहरू संरक्षण गर्न सके मात्रै पर्यटन विकासमा ठूलो योगदान पुग्ने बताएका हुन्।

    इन्द्रजात्राबारे जानकारी दिन काठमाडौं महानगरपालिकाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर साहले देशको सौन्दर्य भनेको नै मुलुकका मूर्त र अमूर्त सम्पदाहरूको पहिचान गरी विश्वमा चिनाउनु रहेको बताए।

    उनले इन्द्रजात्रालाई विश्वव्यापी रूपमा फैलाउने उद्देश्य महानगरपालिकाले राखेको पनि बताए। उनले नेपालको मूर्त र अमूर्त सम्पदाको राम्रो पक्ष जात्रा, परम्परा, पर्वहरू पूजा गर्नमा मात्र सीमित नभई मनोरञ्जन, उत्साह, उमंग र खुसीसँग जोडिएको बताए।

    मेयर साहले काठमाडौं उपत्यकाका तीन जिल्लाका पर्वहरूको छुट्टाछुट्टै महत्व रहेको भन्दै सबै पर्वलाई छुट्टाछुट्टै तरिकाले जोगाउँदै जानुपर्ने बताए।