प्रमुख सचेतक भट्टराई भन्छन् : निर्वाचन प्रभावित हुनेगरी कर्मचारी सरुवा नगरौँ - Chaitanya News
  • 2026-04-22
  • 08:10:30
  • बुधबार,बैशाख ०९, २०८३
  • प्रमुख सचेतक भट्टराई भन्छन् : निर्वाचन प्रभावित हुनेगरी कर्मचारी सरुवा नगरौँ

    प्रमुख सचेतक भट्टराई भन्छन् : निर्वाचन प्रभावित हुनेगरी कर्मचारी सरुवा नगरौँ

    काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराइले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्नेगरी सरकारले कर्मचारी सरुवा गर्ने काम गरिरहेको आरोप लगाएका छन। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक भट्टराईले सो आरोप लगाएका हुन।

    निर्वाचनलाई प्रभावित गर्नेगरी सरकारले राजनीतिक आस्थाको आधारमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरू जिल्लामा खटाउने काम गरिरहेको भन्दै तत्काल त्यो काम रोक्न उहाँले सरकारसँग आग्रह गरे। स्थानीय तह निर्वाचनमा पनि सत्तारुढ गठबन्धन सरकारले राजनीतिक आस्थाको आधारमा कर्मचारी परिचालन गरी आफ्नो पार्टीका नेता, कार्यकर्तामाथि चरम दमन गरेको उनले दाबी गरे।

    प्रमुख सचेतक भट्टराईले भने, ‘मङ्सिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तय भएको छ। यस्तो बेलामा सरकारले धमाधम दीर्घकालीन महत्त्वका निर्णयहरू गर्नु उचित छैन।

    प्रतिनिधिसभामा अनेक खालका विधेयक ल्याउने काम पनि सरकारले गरिरहेको उनले बताए। आस्थाको आधारमा अन्याय गर्न थालियो भने एमालेले प्रतिवाद गर्छ प्रमुख सचेतक भट्टराईले भने “सरकारलाई म आग्रह गर्न चाहन्छु, अव कुनै खाले सरुवाहरू नगरौँ।” निर्वाचन आयोगले भदौ २० गते यता कर्मचारी सरुवा, बढुवा नगर्न नगराउन निर्देशन सरकारलाई दिइसक्दा समेत सरकारले त्यसको कार्यान्वयन नगरेको उनले बताए।