चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 79 of 1111
  • 2026-10-10
  • 03:09:01
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

सरकारले गर्‍यो एक सचिवको सरुवा र दुई सचिवको जिम्मेवारी हेरफेर

काठमाडौँ– सरकारले सचिवहरूको जिम्मेवारी हेरफेरसँगै दुई सरकारी निकायमा सचिवको दरबन्दीको प्रकृतिसमेत परिवर्तन गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले एक सचिवको सरुवा र दुई सचिवको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो। निर्णयअनुसार कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्र पौडेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा सरुवा गरिएको छ। सञ्चार मन्त्रालयका सचिव डा. कमल पोखरेलले केही दिनअघि राजीनामा दिएपछि रिक्त रहेको पदमा पौडेललाई ल्याइएको हो। त्यस्तै, राष्ट्रिय सतर्कता केन्द्रका सचिव विश्वबाबु पुडासैनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिवको जिम्मेवारी दिइएको छ। सिंहदरबारस्थित प्रशासन उच्च स्रोतका अनुसार सचिव व्यवस्थापनकै क्रममा राष्ट्रिय सतर्कता केन्द्र र सार्वजनिक खरिद अनुगमन कार्यालयमा रहेको सचिवको दरबन्दीको प्रकृति परिवर्तन गरिएको हो। राष्ट्रिय सतर्कता केन्द्रमा रहेको प्राविधिकतर्फको सचिवको दरबन्दीलाई प्रशासनतर्फ र सार्वजनिक खरिद अनुगमन कार्यालयमा रहेको प्रशासनतर्फको दरबन्दीलाई प्राविधिकतर्फ परिवर्तन गरिएको छ। दरबन्दीको प्रकृति परिवर्तन भएपछि प्राविधिकतर्फका सचिव पुडासैनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा जिम्मेवारी दिइएको स्रोतले जनाएको छ। सरकारको पछिल्लो निर्णयले सचिव सरुवासँगै सम्बन्धित निकायमा सचिवको दरबन्दी व्यवस्थापनसमेत गरेको छ। यससँगै सञ्चार मन्त्रालयको रिक्त सचिव पदमा नयाँ जिम्मेवारी तोकिएको छ भने राष्ट्रिय सतर्कता केन्द्र र सार्वजनिक खरिद अनुगमन कार्यालयमा सचिवको व्यवस्थापन गरिएको छ।

News by सरकारले गर्‍यो एक सचिवको सरुवा र दुई सचिवको जिम्मेवारी हेरफेर :