नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारको जिम्मेवारी डा.सुप्रभात श्रेष्ठलाइ - Chaitanya News
  • 2026-10-11
  • 05:42:55
  • शनिबार,आश्विन २४, २०८३
  • नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारको जिम्मेवारी डा.सुप्रभात श्रेष्ठलाइ

    नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारको जिम्मेवारी डा.सुप्रभात श्रेष्ठलाइ

    काठमाडौँ– नेपाल मेडिकल काउन्सिल (एनएमसी) को रजिस्ट्रारको जिम्मेवारी डा.सुप्रभात श्रेष्ठले पाएका छन् । उनले आज (शुक्रबार) स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

    दन्त चिकित्सक तथा अर्थोडोन्टिक्स विशेषज्ञ डा।श्रेष्ठसँग काउन्सिलको नियमन,परीक्षा,चिकित्सा शिक्षा र प्रशासनिक काममा लामो अनुभव छ।

    डा।श्रेष्ठले तमिलनाडुको भीएमएस डेन्टल कलेजबाट बीडीएस तथा रुसको भोल्गोग्राड स्टेट मेडिकल युनिभर्सिटीबाट स्टोमाटोलोजीमा विद्यावारिधि गरेका छन् ।

    नेपाल मेडिकल काउन्सिलसँग पनि उनको लामो संलग्नता छ। उनी सन् २०१४र२०१६ मा काउन्सिलको पदेन सदस्य तथा सन् २०१९–२०२३ मा मनोनीत सदस्यका रूपमा कार्यरत थिए । काउन्सिलमा रहँदा उनले शिक्षा,परीक्षा,आचारसंहिता तथा खरिदसम्बन्धी समितिको संयोजकको जिम्मेवारी सम्हालेका थिए।