चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1065 of 1101
  • 2026-10-05
  • 11:51:20
  • सोमबार,आश्विन १९, २०८३

About Author

नवलपुरमा पल शाहको फैसला बहस जारी, के सफाइ पाए आजै छुट्लान् त पल?

काठमाडौं– नवलपुर जिल्ला अदालतमा नायक पल शाहको बलात्कारसम्बन्धी मुद्दा फैसला गर्न अहिले बहस भइरहेको छ। न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासमा बहस भइरहेको हो। शाहको तर्फबाट ६–७ जना कानुन व्यवसायीले बहसका लागि वकालतनामा भरेका थिए। बिहानदेखि बहस सुरु भएको छ। इजलासले शाहविरुद्ध लागेको आरोप ठहर्ने वा नठहर्नेमध्ये एउटा फैसला गर्नेछ। एक नावालिग गायिकाले बलात्कारसम्बन्धी उजुर गरेपछि शाह मुद्दा पुर्पक्षका लागि थुनामा छन्। ती गायिकाले नवलपुर र तनहुँ गरी दुई ठाउँमा उजुरी दिएपछि शाहले दुइटै जिल्ला अदालतमा एकै पीडितबाट बलात्कार मुद्दा खेपिरहेका छन्। शाहलाई न्यायाधीश आचार्यले सफाइ दिएको अवस्थामा पनि उनी मंगलबार नै नछुट्ने स्रोतको दाबी छ। तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेकाले उनी थुनामै रहनुपर्ने स्रोतले बतायो। नावालिग गायिकाले अदालतमा बयान फेरेकाले शाह पक्ष सफाइ पाउने आशामा छ।  

News by नवलपुरमा पल शाहको फैसला बहस जारी, के सफाइ पाए आजै छुट्लान् त पल? :