काठमाडौं– नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मुलुकको समृद्धि र विकासमा फड्को मार्नेगरी काम भएको छ। मंगलबार नेपाल प्रेस युनियन केन्द्रीय समितिका नवनिर्वाचित समितिसँग बधाइ तथा सुभकामना भेटमा कार्कीले यस्तो बताएका हुन।
मन्त्री कार्कीले युनियनका नव निर्वाचित पदाधिकारीहरुलाई मन्त्रालयमै आमन्त्रण गरेर बधाइ तथा सुभ कामना दिए। भेटमा कार्कीले प्रेस जगतले मुलुकको लोकतन्त्र, विकास र शुसाशनका लागि महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको बताए।
सरकारका काम राज्यका सबै नागरिकले नजिकबाट नियालीरहेको भन्दै वाहाले अवको १० वर्षमा मुलुकको समृद्धि र विकासमा निकै ठूलो फड्को मार्ने गरी सरकारले काम गरिरहेको बताए।
मुलुकलाई संविधान र समृद्धिको बाटोमा हिँडाउन गठबन्धन जरुरी रहेको भन्दै उनले भने ‘गठबन्धन दलहरुको सिद्धान्त फरक छ तर मुलुकको स्वाधीनता, लोकतन्त्र, विकास र जनताको हितका पक्षमा हाम्रो धारणा साझा छ।’
गठबन्धन कसैका विरुद्ध नबनेको दाबी गर्दै कार्कीले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा गराउन सरकार प्रतिबद्ध रहेको बताए।
छलफलमा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले सरकारले ल्याउन लागेको आमसञ्चार विधेयकमा पत्रकारलाई १० लाख जरीवाना गर्ने लगायत प्रेसमाथि अंकुश लगाउने विषय सच्याउन ध्यानाकर्षण गराउँदै सरकारका हरेक गतिविधिलाई मिडियाले सकारात्मक रुपमा जनता माझ पुर्याउने बताए।