मेलिना र प्रतापको स्वरमा ‘कठै बिचरा’,सार्वजनिक [भिडीयो सहित] - Chaitanya News
  • 2026-06-06
  • 06:46:44
  • शनिबार,जेठ २३, २०८३
  • मेलिना र प्रतापको स्वरमा ‘कठै बिचरा’,सार्वजनिक [भिडीयो सहित]

    मेलिना र प्रतापको स्वरमा ‘कठै बिचरा’,सार्वजनिक [भिडीयो सहित]

    काठमाडौं– मेलिना राई र प्रताप दासको स्वरमा ‘कठै बिचरा’ गीत सार्वजनिक भएको छ। रोमान्टिक डान्सिङ बिटको गीतमा सुदीप अत्रेयाको शब्द रचना र किरण माइकल घिमिरेको संगीत छ।

    गीतको भिडियोमा राज कटुवाल र प्रमिला क्षेत्री फिचर्ड छन् । यो जोडीले रोमान्टिक मुडमा डान्स स्टेप्स गरेका छन्।

    जीवन शाहीको निर्देशन रहेको म्युजिक भिडियोमा दीपकमान सिंहको कोरियोग्राफी छ । रमेश शाहीले निर्माण गरेको भिडियोमा पवन सुस्लिङको छायांकन र सम्पादन छ।