नेपालमा थप ३०० जनामा कोरोना संक्रमण, तीन जना भेन्टिलेटरमा - Chaitanya News
  • 2026-04-22
  • 03:53:44
  • मंगलबार,बैशाख ०८, २०८३
  • नेपालमा थप ३०० जनामा कोरोना संक्रमण, तीन जना भेन्टिलेटरमा

    नेपालमा थप ३०० जनामा कोरोना संक्रमण, तीन जना भेन्टिलेटरमा

    काठमाडौं– नेपालमा थप ३०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    ४ हजार ५९० जनामा गरिएको परीक्षणमा ३०० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १२४ जना संक्रमणमुक्त हुँदा ३ लाख ५९ हजार ६५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

    यो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। साथै देशभर २ हजार ४५७ जना सक्रिय संक्रमित छन्। जसमध्ये ३५ जना आईसीयूमा र तीन जना भेन्टिलेटरमा उपचाररत छन्।