चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 915 of 1151
  • 2026-11-21
  • 03:37:54
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

उपराष्ट्रपति निर्वाचन : अहिलेसम्म कति मत खस्यो ?

काठमाडौं -  मुलुकको तेस्रो उपराष्ट्रपति चयनका लागि जारी मतदानमा अहिलेसम्म ८०१ मत खसेकाे छ । सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार साढे २ बजेसम्म प्रदेशतर्फ ५१० र संघतर्फ २९१ मत गरी ८०१ मत खसेको हाे । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा शुक्रबार बिहान १० बजेदेखि मतदान सुरु भएको हो । अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ । संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ । निर्वाचनमा संघीय संसद्का ३३२ र प्रदेशसभाका ५५० सांसद मतदाता छन् ।

News by उपराष्ट्रपति निर्वाचन : अहिलेसम्म कति मत खस्यो ? :