संसद भवनमा उपराष्ट्रपति निर्वाचनको चहलपहल [तस्बिरहरू] - Chaitanya News
  • 2026-05-19
  • 05:38:21
  • सोमबार,जेठ ०४, २०८३
  • संसद भवनमा उपराष्ट्रपति निर्वाचनको चहलपहल [तस्बिरहरू]

    संसद भवनमा उपराष्ट्रपति निर्वाचनको चहलपहल [तस्बिरहरू]

    काठमाडौं- उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान जारी छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो।

    सङ्घतर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव र प्रदेशसभा तर्फबाट नेकपा (एमाले)का राजेन्द्रसिंह रावलले पहिलो मतदान गरेका थिए। सङ्घ र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र कायम गरिएको छ। निर्वाचनमा नेकपा एमाले बाट नेतृ अष्टलक्ष्मी शाक्य, जसपाका नेता रामसहायप्रसाद यादव र जनमत पार्टीकी नेतृ ममता झा उम्मेदवार छन्।

    निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभातर्फ पाँच सय ५० मतदाता कायम छ।