यूएईले नेपाललाई दियो ३११ रनको विशाल लक्ष्य - Chaitanya News
  • 2026-05-17
  • 06:03:21
  • आइतबार,जेठ ०३, २०८३
  • यूएईले नेपाललाई दियो ३११ रनको विशाल लक्ष्य

    यूएईले नेपाललाई दियो ३११ रनको विशाल लक्ष्य

    काठमाडौं- आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा यूएईले जितका लागि नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनायो।

    युएईका आशिफ खानले कीर्तिमानी सतक प्रहार गरे। ४१ बलमा ११ छक्का र ४ चौकासहित शतक पूरा गरेका उनले ४२ बलमा १०१ रन बनाउँदै नटआउट रहे। यस्तै वृत्य अरबिन्दले ९४ रन बनाएर आउट भए।