उपराष्ट्रपति निर्वाचन : अहिलेसम्म कति मत खस्यो ? - Chaitanya News
  • 2026-07-02
  • 21:18:25
  • बिहिबार,आषाढ १८, २०८३
  • उपराष्ट्रपति निर्वाचन : अहिलेसम्म कति मत खस्यो ?

    उपराष्ट्रपति निर्वाचन : अहिलेसम्म कति मत खस्यो ?

    काठमाडौं –  मुलुकको तेस्रो उपराष्ट्रपति चयनका लागि जारी मतदानमा अहिलेसम्म ८०१ मत खसेकाे छ ।

    सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार साढे २ बजेसम्म प्रदेशतर्फ ५१० र संघतर्फ २९१ मत गरी ८०१ मत खसेको हाे ।

    नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा शुक्रबार बिहान १० बजेदेखि मतदान सुरु भएको हो । अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ ।

    संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ । निर्वाचनमा संघीय संसद्का ३३२ र प्रदेशसभाका ५५० सांसद मतदाता छन् ।