बिदाका दिन पनि खुल्नेछन् यी २२ कार्यालय - Chaitanya News
  • 2026-11-20
  • 20:01:45
  • शुक्रबार,मंसिर ०५, २०८३
  • बिदाका दिन पनि खुल्नेछन् यी २२ कार्यालय

    बिदाका दिन पनि खुल्नेछन् यी २२ कार्यालय

    काठमाडौं- सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई अबदेखि दैनिक आधा घण्टामात्र कार्यालय समयमा खाजा खाने समय तोकेको छ।

    बिहीबार राजपत्रमा सूचना नै प्रकाशन गरेर सरकारी कर्मचारीहरुलाई कार्यालय समयमा दैनिक आधा घण्टामात्र खाने समय निर्धारण गरेको हो। अबदेखि सरकारी कर्मचारीहरुले मध्यान्ह साढे १ बजेदेखि २ बजेसम्म मात्र कार्यालय खाजाका लागि समय तोकेको हो।

    सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सबै कार्यालयले खाजा समय आलोपालो गरी आधा घण्टा मात्र व्यवस्था गर्नुपर्ने जनाइएको छ। साथै खाजा समय कार्यालयको सेवा प्रवाहमा बाधा नपर्ने गरी आलोपालो मिलाई सम्बन्धित कार्यालयले आधा घण्टाको समय तोक्न सक्ने पनि सूचनामा उल्लेख छ।

    यता राजपत्रमै सूचना प्रकाशन गरेर बिदाका दिन पनि २२ वटा सरकारी कार्यालयहरुलाई सेवा प्रवाह गर्नुपर्ने उल्लेख गरिएको छ। सार्वजनिक सेवा भन्नाले नागरिकतासम्बन्धी, राहदानीसम्बन्धी, कन्सुलरसम्बन्धी, भन्सारसम्बन्धी, सवारी व्यवस्थापनसम्बन्धी, मालपोतसम्बन्धीसहितका २२ क्षेत्र तोकिएका छन्।