अत्यावश्यक बाहेक मन्त्री र कर्मचारीलाई विदेश भ्रमणमा रोक - Chaitanya News
  • 2026-05-17
  • 06:02:48
  • आइतबार,जेठ ०३, २०८३
  • अत्यावश्यक बाहेक मन्त्री र कर्मचारीलाई विदेश भ्रमणमा रोक

    अत्यावश्यक बाहेक मन्त्री र कर्मचारीलाई विदेश भ्रमणमा रोक

    काठमाडौं- सरकारले मन्त्री र उच्च पदस्थ कर्मचारीलाई अत्यावश्यक बाहेक विदेश भ्रमणमा रोक लगाएको छ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरू र अन्य उच्च पदस्थ कर्मचारीले अब उप्रान्त अतिआवश्यक अवस्थामाबाहेक वैदेशिक भ्रमण नगर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

    बैठकले नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने निर्णय पनि गरेको मन्त्री शर्माले बुधबार आयोजित पत्रकार सम्मेलनमा बताइन्। बैठकले यती एयरको विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप्नेलगायत निर्णय गरेको छ।