चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 475 of 1152
  • 2026-11-21
  • 23:39:59
  • शनिबार,मंसिर ०६, २०८३

About Author

महामन्त्री शर्माले भने:‘पार्टी विभाजन हुने अवस्था आए सबैभन्दा पहिला म हलबाट बाहिर निस्कन्छु’

काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण पार्टी विभाजन हुने अवस्था आए आफू नै सबैभन्दा पहिला अधिवेशन हलबाट बाहिर निस्कने चेतावनी दिएका छन्। आगामी पुस २७ र २८ गते काठमाडौँमा आह्वान गरिएको विशेष महाधिवेशनबारे सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै महामन्त्री शर्माले पार्टीलाई विभाजनतर्फ जान नदिने दृढ प्रतिबद्धता व्यक्त गरेका हुन्। विशेष महाधिवेशनको घोषणा भएपछि पार्टीभित्र तथा बाहिर उठेका विभिन्न जिज्ञासा र आशंकालाई सम्बोधन गर्दै शर्माले महाधिवेशनका कारण पार्टी फुट्ने सम्भावना नरहेको स्पष्ट पारे। उनले भने, “विशेष महाधिवेशन हुन्छ, तर पार्टी विभाजित हुँदैन। यदि कुनै कारणले पार्टी विभाजनतर्फ जान लाग्यो भने अधिवेशन हलबाट सबैभन्दा पहिला म नै बाहिर निस्कनेछु।” महामन्त्री शर्माको उक्त अभिव्यक्तिलाई पार्टी एकता जोगाउने स्पष्ट सन्देशका रूपमा हेरिएको छ।  

News by महामन्त्री शर्माले भने:‘पार्टी विभाजन हुने अवस्था आए सबैभन्दा पहिला म हलबाट बाहिर निस्कन्छु’ :