जेनजी आन्दोलनको शहीद परिवारका सदस्यलाई विद्युत् प्राधिकरणमा रोजगारी दिने - Chaitanya News
  • 2026-05-02
  • 05:40:16
  • शुक्रबार,बैशाख १८, २०८३
  • जेनजी आन्दोलनको शहीद परिवारका सदस्यलाई विद्युत् प्राधिकरणमा रोजगारी दिने

    जेनजी आन्दोलनको शहीद परिवारका सदस्यलाई विद्युत् प्राधिकरणमा रोजगारी दिने

    काठमाडौँ– जेनजी आन्दोलनको शहीद परिवारका सदस्यहरुले नेपाल विद्युत् प्राधिकरणमा रोजगारी पाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले सरकारको निर्णय बमोजिम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका शहीहहरुको परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासका निवर्तमान मन्त्री एवम् प्राधिकरण सञ्चालक समिति ९बोर्ड०का अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा मंगलबार बसेको बोर्ड बैठकले शहीद परिवारका २७ जनालाई रोजगारी दिने निर्णय गरेको हो।

    जेनजी शहीद परिवारका २७ जनाले रोजगारीका लागि निवेदन दिएका थिए। निवेदकको यकिन गरी पायक पर्ने प्राधिकरणको कार्यालयमा निजको शैक्षिक योग्यताका आधारमा बढीमा तीन तहसम्मको पदमा करार नियुक्त गर्ने निर्णय भएको हो।

    सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबिच भएको सम्झौता, मन्त्रिपरिषद्बाट स्वीकृत सहायता सम्बन्धी कार्यविधि बमोजिम र शहीद परिवारका सदस्यका निवेदनका आधारमा २७ जनालाई रोजगारी दिने निर्णय भएको घिसिङले बताए।

    कार्यविधिमा जेनजी प्रदर्शनमा घाइते तथा अपाङ्ग भएको व्यक्ति वा नजिकको परिवारका सदस्य र शहीद परिवारको सदस्यलाई प्रचलित कानुन बमोजिम निःशुल्क शिक्षा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत र रोजगारी सम्बन्धी व्यवस्था श्रम, रोजगार तथा सामाजिक सुरक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद र उद्योग, वाणिज्य तथा आपूर्तिलगायतका विषयगत मन्त्रालयबाट मिलाउने गरी आवश्यक कार्य हुने व्यवस्था छ। आन्दोलनका क्रममा मृत्यु भएका ४५ जना व्यक्तिलाई सरकारले शहीद घोषणा गरेको थियो।