काठमाडौँ– छ जना निजामती कर्मचारीलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको छ। बढुवा समितिको सचिवालयले छ जना निजामती कर्मचारीलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरेको हो ।
आज (बिहीवार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै रिक्त रहेको उपसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ।
बढुवा समितिको बुधवारको निर्णयअनुसार नेपाल लेखापरीक्षण सेवा, राजपत्रकिंत द्वितीय श्रेणी (उपसचिव) पदका लागि प्रितम बागदास, निषभ शाक्य, इन्द्र बहादुर अधिकारी र लुमविक्रम शाह रहेको छन्। यसैगरी नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा, तथ्यांक समूहतर्फ पुष्कर विजुक्षे र मोहन देव भट्टलाई बढुवाका लागि सिफारिस गरिएको सूचनामा उल्लेख छ।
![]()