आज दुई संसदीय समितिको बैठक बस्दै, के छन् एजेण्डा ? - Chaitanya News
  • 2026-05-06
  • 17:35:18
  • बुधबार,बैशाख २३, २०८३
  • आज दुई संसदीय समितिको बैठक बस्दै, के छन् एजेण्डा ?

    आज दुई संसदीय समितिको बैठक बस्दै, के छन् एजेण्डा ?

    काठमाडौं–आज (शिबीवार) संघीय सांसदअन्तर्गत दुई संसदीय समितिको बैठक बस्दैछन्।

    जसअनुसार, विधायन व्यवस्थापन समितिको १५३ औँ बैठक बिहान ११ः३० बजे सिंहदरवारस्थित समितिको बैठक कक्षमा बस्नेछ। बैठकमा पर्यटन विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गरिने कार्यसूची तय भएको छ ।

    यस्तै, बिहानको ११ः३० बजे नै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१५औँ बैठक पनि बस्नेछ। बैठकमा अध्यागमन ऐन २०४९ को कार्यान्वयन र प्रत्यायोजित विधायन समेतको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ सम्बन्धमा छलफल गरिने बताइएको छ।