राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीबाट नेकपाका शर्मा र महतराले गरे उम्मेदवारी दर्ता - Chaitanya News
  • 2026-05-06
  • 17:33:54
  • बुधबार,बैशाख २३, २०८३
  • राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीबाट नेकपाका शर्मा र महतराले गरे उम्मेदवारी दर्ता

    राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीबाट नेकपाका शर्मा र महतराले गरे उम्मेदवारी दर्ता

    सुर्खेत– राष्ट्रिय सभा निर्वाचनका लागि कर्णाली प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का बुद्धिप्रसाद शर्मा र अन्जु महतरा (शाही)ले उम्मेदवारी दर्ता गराएका छन्।

    आज (बुधबार) उनीहरूले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। शर्माले अन्य कलस्टर र महतराले महिला कलस्टरमा उम्मेदवार बनेका छन्। ‎रुकुम पश्चिमका पुराना कम्युनिस्ट नेता शर्मा हाल नेकपाको केन्द्रीय सदस्य छन् भने अन्जु डोल्पाबाट प्रतिनिधित्व गर्छिन्।

    बुद्धिप्रसाद शर्मा साबिक माओवादीतर्फका हुन् भने अन्जु समाजवादीतर्फकी हुन्।