१० प्रहरी उपरीक्षकलाई प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस - Chaitanya News
  • 2026-04-28
  • 00:16:02
  • सोमबार,बैशाख १४, २०८३
  • १० प्रहरी उपरीक्षकलाई प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस

    १० प्रहरी उपरीक्षकलाई प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस

    काठमाडौँ– गृह मन्त्रालयअन्तर्गत रहेको बढुवा समितिको बैठकले नेपाल प्रहरीमा कार्यरत १० जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिस गरिएको छ।

    गृह मन्त्रालयअन्तर्गत रहेको बढुवा समितिको बैठकले हिजो (बुधवार) गरेको निर्णयअनुसार जनपद प्रहरी समूहअन्तर्गत रिक्त रहेका प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस सूची सार्वजनिक गरेको हो।

    प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४)अनुसार बढुवा सिफारिस सूची प्रकाशित गरिएको मन्त्रालयले जनाएको छ।

    सूचीअनुसार बढुवाका लागि सिफारिस हुनेमा राम प्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषि राम कडेल, सुरेश प्रसाद काफ्ले, श्याम सिंह चौधरी, नकुल पोखरेल, दिलिप घिमिरे, पदम बहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र बोहरा रहेका छन्। उनीहरू हाल नेपाल प्रहरीका विभिन्न केन्द्रीय तथा जिल्ला कार्यालय, विशेष सुरक्षा गण, मानव अधिकार, विपद् व्यवस्थापन, विमानस्थल सुरक्षा, प्रशासन तथा सूचना विश्लेषण शाखामा कार्यरत छन्।