चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 461 of 1152
  • 2026-11-21
  • 22:44:04
  • शनिबार,मंसिर ०६, २०८३

About Author

प्रतिनिधिसभा निर्वाचन: नेकपाले सुदूरपश्चिम र कर्णालीको उम्मेदवार टुङ्ग्यायो

काठमाडौँ– आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिम र कर्णाली प्रदेशका उम्मेदवारको टुङ्गो लगाएको छ। केन्द्रीय कार्यालयका मुख्यसचिव गणेशमान पुनका अनुसार, टाढा भएकोले पहिला सुदूरपश्चिम र कर्णाली प्रदेशको उम्मेदवार टुङ्गो लगाइएको हो। कालिकोट र मुगुमा भने उम्मेदवार टुङ्गिन अझै बाँकी छ। अन्य प्रदेशका उम्मेदवारको पनि आज टुङ्गो लाग्ने पार्टीले जनाएको छ। सुदूरपश्चिम: अछाम १ - डा.भीम रावल अछाम २ - शरदसिंह भण्डारी कञ्चनपुर १- विना मगर कञ्चनपुर २ - लालबहादुर खड्का कञ्चनपुर ३ - मानबहादुर सुनार कैलाली १- रामलाल थारु डगौरा कैलाली २ - राजेन्द्र साउद कैलाली ३ - वीरमान चौधरी कैलाली ४ - हरिराम चौधरी उत्सव कैलाली ५ - प्रेमबहादुर आले डडेलधुरा १ - मानसिंह माल दार्चुला १ - लक्ष्मणदत्त जोशी बझाङ १ - मीनबहादुर कुँवर बैतडी १ - परमानन्द भट्ट डोटी १ - त्रिलोचन भट्ट बाजुरा १ - प्रकाशबहादुर शाह Shivam Cement कर्णाली प्रदेश डोल्पा १ - धनबहादुर बुढा दैलेख १ - अम्बरबहादुर थापा दैलेख २ - योगेन्द्रबहादुर शाही सुर्खेत १ - जीतबहादुर राना सुर्खेत २ - झगबहादुर मल्ल जुम्ला १ - नरेश भण्डारी रुकुम पश्चिम १ - गोपाल शर्मा अनल सल्यान १ - प्रकाश ज्वाला हुम्ला १ - डा. दीपेन्द्र रोकाय कालिकोट १ - टुङ्गिन बाँकी मुगु १ - टुङ्गिन बाँकी  

News by प्रतिनिधिसभा निर्वाचन: नेकपाले सुदूरपश्चिम र कर्णालीको उम्मेदवार टुङ्ग्यायो :