आज दुई संसदीय समितिको बैठक बस्दै, के छन एजेण्डा ? - Chaitanya News
  • 2026-11-21
  • 15:38:44
  • शनिबार,मंसिर ०६, २०८३
  • आज दुई संसदीय समितिको बैठक बस्दै, के छन एजेण्डा ?

    आज दुई संसदीय समितिको बैठक बस्दै, के छन एजेण्डा ?

    काठमाडौँ– आज (आइतबार) राष्ट्रिय सभाअन्तर्गतका दुई संसदीय समितिको बैठक बस्ने तय भएको छ । जसअनुसार, विधायन व्यवस्थापन समितिको बैठक मध्यान्ह सवा १२ बजे सिंहदरवार स्थित समितिको कार्यालयमा बस्दैछ । बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसूची रहेको छ।

    यस्तै, दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने तय भएको छ । बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१–०८२ माथि छलफल हुनेछ।