कांग्रेस विभाजनबारे एमाले अध्यक्ष ओली: यो चिन्ता र दुःखद हो - Chaitanya News
  • 2026-05-05
  • 17:27:58
  • मंगलबार,बैशाख २२, २०८३
  • कांग्रेस विभाजनबारे एमाले अध्यक्ष ओली: यो चिन्ता र दुःखद हो

    कांग्रेस विभाजनबारे एमाले अध्यक्ष ओली: यो चिन्ता र दुःखद हो

    काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान, सार्वभौम सत्ता र राष्ट्रिय स्वाधिनतामाथि आक्रमण नरोकिएको बताएका छन्। आज (शुक्रबार) नेकपा एमाले राजधानी प्रदेश कमिटीले आयोजना गरेको निर्वाचन तयारी तथा कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

    पछिल्लो समय धम्कीको भरमा निर्देशित भएर चल्नुपर्ने र अपराध कर्म ठिक हो भनेर हिँड्नुपर्ने अवस्था आएको ओलीको भनाइ छ। ‘न्याय निरूपण गर्ने निकायहरू त्रासमा बाचिरहेका छन्। त्रासबाट निर्देशित भएर निर्णय गर्नुपर्ने अवस्था छ। यति छर्लङ्ग हुँदाहुँदै पनि निर्वाचन आयोग बसिरहेको छ।’

    उनले कानुन र न्यायसम्मत गर्ने भए स्पष्ट रहेको कांग्रेसको विवादबारे भने, ‘नेपाली कांग्रेसको विशेष महाधिवेशन किन भएन। कसले बोलाउने भन्ने पनि थिति होला, बहुमत अल्पमत कायम गर्ने पनि थिति होला।’

    उनले कांग्रेस विभाजनको स्थितिमा पुग्नु दुःखद र चिन्ता भएको भन्दै नेताहरूले नै जानी बुझी किन यसो गरिरहेका छन् भनेर आश्चर्यचकित भएको बताए।

    ‘यस्तो बेलामा जतिबेला संविधान कुल्चिएको छ, मिचिएको छ। प्रणाली घायल बनाइएको छ। त्यसका निम्ति लड्नुपर्ने कांग्रेस अनावश्यक पार्टी फुटाउनतिर लागेको छ’, उनले कसले र किन यस्तो भइरहेको छ भन्दै एमाले नेता कार्यकर्ताहरूले अहिले देश र डेमोक्रेसीका लागि लड्ने बेला भएको बताए।