चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 387 of 1152
  • 2026-11-21
  • 16:57:56
  • शनिबार,मंसिर ०६, २०८३

About Author

निर्वाचन अपडेट: सुदूरपश्चिममा ५० दशमलव ९ प्रतिशत मतदान

काठमाडौँ– सुदूरपश्चिम प्रदेशमा ५० दशमलव ९ प्रतिशत मतदान भएको छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशभर कुल १७ लाख १६ हजार ६ सय ६० मतदातामध्ये ८ लाख ७४ हजार १ सय ७७ जनाले मतदान गरेका छन्। कञ्चनपुरमा सबैभन्दा बढी ५८ दशमलव ६ प्रतिशत मतदान भएको छ भने कैलालीमा ५५ दशमलव ४ प्रतिशत, दार्चुलामा ५३ दशमलव ८ प्रतिशत र बाजुरामा ५२ दशमलव ६ प्रतिशत मतदान भएको छ। यस्तै डडेल्धुरामा ४९ दशमलव २ प्रतिशत, बैतडीमा ४६ दशमलव ८ प्रतिशत, बझाङमा ४१ दशमलव १ प्रतिशत, डोटीमा ४० दशमलव ९ प्रतिशत र अछाममा सबैभन्दा कम ३९ दशमलव २ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ। प्रदेशभरका सबै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको र अहिले मतपेटिका संकलन गरी मतगणनाको तयारी भइरहेको निर्वाचन अधिकारीहरूले बताएका छन्।

News by निर्वाचन अपडेट: सुदूरपश्चिममा ५० दशमलव ९ प्रतिशत मतदान :