मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाउने कार्य जारी, भोलिदेखि मतगणना - Chaitanya News
  • 2026-08-18
  • 22:06:53
  • मंगलबार,भाद्र ०२, २०८३
  • मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाउने कार्य जारी, भोलिदेखि मतगणना

    मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाउने कार्य जारी, भोलिदेखि मतगणना

    सर्लाही– प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ सर्लाहीमा मतदान सम्पन्न भएपछि मतपेटिका संकलन गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाउने कार्य जारी रहेको छ।

    मतदान केन्द्रहरूबाट ल्याइएका मतपेटिकाहरू सुरक्षित रूपमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा संकलन गर्ने काम भइरहेको छ।

    मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाका अनुसार शुक्रबार बिहान सर्वदलीय बैठक बसेपछि मात्र मतगणना प्रक्रिया सुरु गरिनेछ।

    प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा कुल १ लाख २५ हजार ३ सय ११ मतदाता रहेका छन्। जसमध्ये पुरुष ६९ हजार ३७०, महिला ५५ हजार ९३५ तथा अन्य ६ जना मतदाता रहेका छन्।

    यस क्षेत्रमा ७७ मतदान स्थल र १५८ मतदान केन्द्र कायम गरी मतदान सम्पन्न गरिएको निर्वाचन कार्यालयले जनाएको छ।