काठमाडौँ– प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत आज अधिकांश मतदान केन्द्रमा मतदान प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।
निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म देशभर शान्तिपूर्ण रूपमा मतदान भएको छ।
केही निर्वाचन क्षेत्रमा भने मतदान बहिष्कारको घटना देखिएको छ। ओखलढुंगाको माने भन्ज्याङ मा स्थानीय मतदाताहरूले मतदानमा सहभागी नभएका छन्।
त्यस्तै, दाङको बबई गाउँपालिका(७, मलई स्थित देउती माध्यमिक विद्यालय ९तल्लो मलई० र वडा नम्बर १ मा रहेको जनता माध्यमिक विद्यालय मा मतदाताहरूले मतदान बहिष्कार गरेका छन्।
निर्वाचन आयोगले शान्तिपूर्ण मतदानलाई प्राथमिकता दिँदै बाँकी प्रक्रिया पूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।