देशभरका १६५ निर्वाचन क्षेत्रमा ४ बजेसम्म ८८ लाख मत खस्यो - Chaitanya News
  • 2026-04-26
  • 01:00:35
  • शनिबार,बैशाख १२, २०८३
  • देशभरका १६५ निर्वाचन क्षेत्रमा ४ बजेसम्म ८८ लाख मत खस्यो

    देशभरका १६५ निर्वाचन क्षेत्रमा ४ बजेसम्म ८८ लाख मत खस्यो

    काठमाडौं– दिउँसो ४ बजेसम्म ८८ लाख मत खसेको छ ।

    देशभरका १६५ निर्वाचन क्षेत्रमा ८८ लाख मत खसेको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी छ ।

    देशभरका देशभरका १० हजार ९६७ मतदान स्थलहरुमा छिटपुट बाहेक मतदान भइरहेको छ ।

    करिब साढे ३ लाख सुरक्षाकर्मीले सुरक्षा प्रदान गरेका छन् । अहिलेसम्म दोलखा बाहेक सबै ठाउँमा शान्तिपूर्वक मतदान भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेले बताए । मतदान साँझ ५ बजेसम्म जारी रहन्छ ।