निर्वाचन अपडेट: ओखलढुंगाको मानेभञ्ज्याङ–७ मा कर्मचारीले मात्रै खसाले ४ भोट, स्थानीयको बहिष्कार - Chaitanya News
  • 2026-04-26
  • 01:00:35
  • शनिबार,बैशाख १२, २०८३
  • निर्वाचन अपडेट: ओखलढुंगाको मानेभञ्ज्याङ–७ मा कर्मचारीले मात्रै खसाले ४ भोट, स्थानीयको बहिष्कार

    निर्वाचन अपडेट: ओखलढुंगाको मानेभञ्ज्याङ–७ मा कर्मचारीले मात्रै खसाले ४ भोट, स्थानीयको बहिष्कार

    काठमाडौं– ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलस्थित सातसल्ले मतदान केन्द्रमा बिहीबार स्थानीयको एक मत पनि नखसी मतदान सकिएको छ ।

    प्रतिनिधिसभा निर्वाचनका लागि भएको मतदानमा सो क्षेत्रका स्थानीयले बहिष्कार गरेका हुन् ।

    स्थानीयहरूले निर्वाचन बहिष्कार गरेका कारण अस्थायी मतदाता अर्थात् निर्वाचनमा खटिएका कर्मचारीहरूले मात्रै मतदान गरेर मतपेटिका सिलबन्दी गरेका हुन् । ४ जना कर्मचारीले मात्रै मतदान गरेर मटपेटिका सिल गरिएको हो ।

    उनीहरूले वडा नम्बर ७ हर्कपुरमा प्रदेशस्तरीय अस्पताल निर्माण गर्न जग्गादान गरेका थिए ।

    उक्त जग्गामा अस्पताल बनेपछि या आफ्नो जग्गा फिर्ता दिन अन्यथा अस्पताल निर्माण हुनुपर्ने उनीहरूको माग छ ।