अपडेट: सुर्खेतमा दिउँसो ४ बजेसम्म ५० प्रतिशत मतदान - Chaitanya News
  • 2026-08-18
  • 22:05:44
  • मंगलबार,भाद्र ०२, २०८३
  • अपडेट: सुर्खेतमा दिउँसो ४ बजेसम्म ५० प्रतिशत मतदान

    अपडेट: सुर्खेतमा दिउँसो ४ बजेसम्म ५० प्रतिशत मतदान

    काठमाडौँ– प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सुर्खेत जिल्लामा अहिलेसम्म करिब ५० प्रतिशत मतदाता मतदानमा सहभागी भएका छन्।

    प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार जिल्लाको क्षेत्र नम्बर १ मा ६२ हजार ५ मत खसेको छ भने क्षेत्र नम्बर २ मा ६६ हजार ८५७ मत दर्ता भएको छ। सुर्खेतमा कुल मतदाता संख्या २ लाख ४८ हजार ९४३ रहेको छ।

    जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको प्रशासनले जनाएको छ। सुर्खेतमा दुई निर्वाचन क्षेत्र छन्। यीमध्ये दुई अस्थायी केन्द्रसहित कुल २४२ मतदान स्थल सञ्चालनमा छन् भने तीन अस्थायी केन्द्रसहित ३०५ मतदान केन्द्र उपलब्ध छन्।

    कर्णाली प्रदेशभर अहिलेसम्म ४९ प्रतिशत मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन्।