चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 2 of 1099
  • 2026-10-04
  • 11:03:23
  • आइतबार,आश्विन १८, २०८३

About Author

राष्ट्रिय सभा बैठकमा मन्त्रालयका मौखिक प्रश्न र संवैधानिक निकायका वार्षिक प्रतिवेदन पेश

काठमाडौँ– शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित सांसदहरूको मौखिक तथा लिखित प्रश्नहरूको जवाफ दिइनुका साथै संवैधानिक निकायका वार्षिक प्रतिवेदनहरू पेश गरिएका छन्। बैठकमा मन्त्रीहरूले तोकिएका मन्त्रालयको तर्फबाट सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ सदन समक्ष टेबुल गरेका हुन्। राष्ट्रिय सभा नियमावली, २०७५ को परिच्छेद ८ बमोजिमको प्रश्नोत्तर कार्यक्रम अन्तर्गत सांसद जगत तिमिल्सिनाले अर्थ मन्त्रालयसँग सम्बन्धित सोधेको मौखिक प्रश्नको जवाफ अर्थमन्त्रीको तर्फबाट गृहमन्त्री सुधन गुरुङले सभा समक्ष टेबुल गरे। गृह मन्त्रालयसँग सम्बन्धित सांसदहरू पदमबहादुर परियार, विष्णुकुमारी सापकोटा र श्रीकृष्णप्रसाद अधिकारीले उठाएका प्रश्नहरूको जवाफ पनि गृहमन्त्री गुरुङले नै सदनमा पेश गरे। पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित सांसदहरू मदनकुमारी साह र पदमबहादुर परियारको मौखिक प्रश्न तथा सोमनाथ पोर्तेलको लिखित प्रश्नको उत्तर पनि गृहमन्त्री लम्सालको तर्फबाट प्रस्तुत गरिएको थियो। बैठकमा टेबुल गरिएका यी प्रश्नहरूको उत्तर अध्ययनका लागि पिजन हलमा राखिएको जानकारी अध्यक्षबाट गराइएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन, २०८३, निर्वाचन आयोग र मुस्लिम आयोगको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गरे। विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकाले समितिको आर्थिक वर्ष २०८२–८३ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गरे।

News by राष्ट्रिय सभा बैठकमा मन्त्रालयका मौखिक प्रश्न र संवैधानिक निकायका वार्षिक प्रतिवेदन पेश :