चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 20 of 1108
  • 2026-10-08
  • 11:30:06
  • बिहिबार,आश्विन २२, २०८३

About Author

काठमाडौँ उपत्यकामा आज खण्डित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार, काठमाडौँ उपत्यकामा सोमबार बिहानैदेखि हुस्सु लाग्नुका साथै मौसम आंशिकदेखि साधारणतया बदली हुने सम्भावना रहेको छ। दिउँसो र साँझको समयमा भने हल्कादेखि मध्यम वर्षा हुनसक्ने छ। पूर्वानुमान महाशाखा अनुसार आज उपत्यकामा खण्डित ९एकै स्थानमा फरक–फरक प्रकृतिको० वर्षा हुने सम्भावना छ। यसको अर्थ उपत्यकाका सबै स्थानमा एकनासको पानी पर्ने छैन। कुनै ठाउँमा बढी पानी पर्न सक्छ भने कतिपय स्थानमा हल्का वर्षा हुने वा पानी नै नपर्ने अवस्था पनि रहन सक्छ। दिउँसो र साँझ वर्षाको सम्भावना भए पनि त्यसअघि उपत्यकाको मौसम घाम र बादलको मिश्रित अवस्थामा रहनेछ। भारतमा विकसित भएको मौसम प्रणाली कमजोर भएसँगै नेपालमा केही दिनदेखि भइरहेको लगातारको वर्षा भने रोकिएको छ। आइतबार साँझदेखि नै वर्षाको क्रम निकै घटेको छ। यद्यपि, नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिन बाँकी नै रहेकाले देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने क्रम भने जारी रहने महाशाखाले जनाएको छ।

News by काठमाडौँ उपत्यकामा आज खण्डित वर्षाको सम्भावना :