1.राष्ट्रिय जनगणना २०७८ का अनुसार जनसंख्या बृद्धिदर धनात्मक भएका स्थानीय तहको संख्या कति रहेको छ?
A. २५० वटा B) ३१९ वटा C) ६९ वटा D) ४३४ वटा
2.हिमालय पवर्तमालाको सबैभन्दा अग्लो पर्वत शृङ्खला तलका मध्य कुन हो?
A) ट्रान्स हिमालय B) मध्य हिमालय C) बृहत्त हिमालय D) शवालिक हिमालय
3.तलकामध्य कुन कथन गलत रहेको छ?
A. नेपालमा एग्नेट प्रथाको सुरुवात जंग बहादुर राणाले गरे।
B. A र B कलासका राणाले मात्र प्रधानमन्त्री पदवी प्राप्त गर्दथे।
C. लिच्छवीकालिन आकाशका पूर्ण चन्द्र भनेर नरेन्द्रदेवलाई चिनिन्छ।
D. अंशुबर्माले रचना गरेको शास्त्रलाई शिक्षा शास्त्र भनिन्छ।
4.समूह I र समूह II बीच जोडा मिलान गरी सही उत्तर विकल्पबाट छनौट गर्नुहोस्।
समूह I (स्थानीय वायू) समूह II (बहने क्षेत्र)
a. स्केन्डिभियन प्रायद्वीप (Scandinavian Peninsula) i. इरिट्रिया
b. अरब प्रायद्वीप (Arab Peninsula) ii. भियतनाम
c. सोमालियन प्रायद्वीप (Somalian Peninsula) iii. डेनमार्क
d. इण्डो-चाइना प्रायद्वीप (Indo-China Peninsula) iv. ओमान
A. a-i, b-ii, c-iii, d-iv B) a-ii, b-i, c-iv, d-iii
C) a-iii, b-iv, c-i, d-ii D) a-iv, b-iii, c-ii, d-i
5.”प्रत्येक आमाले आफ्ना बच्चा र बिरूवालाई बराबर ममता प्रदान गर्नु पर्छ” भन्ने नारा कुन आन्दोलनसंग सम्बन्धित छ?
A. ग्रीन वेल्ट मुभमेन्ट B) चीपको आन्दोलन C) नर्मदा बचाउँ अभियान D) अपिको आन्दोलन
6. छुटेका संख्या पत्ता लगाउनुहोस् । ?
8, 24, 12 -?_ 18, 54
A) 36 B) 28 C) 37 D) 32
7. ABCD : BADC :: EFGH : ?
A) FEGH B) FEHG C) EFHG D) FEHF
8. W-144, U-121, S-100, Q-81, ?
(A) O-64 (B) O-64 (C) P-64 (D) N-49
9.यदि BARE = 4, QUIET = 9, QUEUE = 16 भए REGULATION =?
A) 20 B) 26 C) 25 D) 49
10. वर्ष अगाडि, 5 जना सदस्यहरू भएको परिवारको औसत उमेर 17 वर्ष थियो । एउटा बच्चा जन्मेपछि पनि परिवारको हालको औसत उमेरमा कुनै परिवर्तन भएको छैन भने बच्चाको हालको उमेर कति हो ?
A. 1 वर्ष B. 2 वर्ष C. 3 वर्ष D. 4 वर्ष
11.दोस्रो नेपाल प्रिमिय लिग-२०८२ को सेमिफाइनलमा पुग्ने टिम तलका मध्य कुन होइन्?
A. चितवन राइनोज B) सुदुरपश्चिम रोयल्स C) कर्णाली याक्स D) विराटनगर किङ्गस
12.तलको कुन जोडा गलत रहेको छ?
1. औद्योगिक नीति, २०६७ का अनुसार निर्यातमुलक उद्योग—————६१% वा सोभन्दा बढी उत्पादन विदेश निर्यात गर्ने उद्योग
2. औद्योगिक नीति, २०६७ का अनुसार प्रवर्द्धन उद्योग———————८०% वा सोभन्दा बढी उत्पादन विदेश निर्यात गर्ने उद्योग
3. औद्योगिक व्यवसाय ऐन, २०७६ का अनुसार निर्यातमुलक उद्योग——–४०% वा सोभन्दा बढी उत्पादन विदेश निर्यात गर्ने उद्योग
A. 1 मात्र B) 2 मात्र C) 3 मात्र D) 1 र 2 मात्र
13.नेपालको संविधान अनुसार गाउँपालिका वा नगरपालिकाको सिमाना निर्धारण कसले गर्ने व्यवस्था रहेको छ?
A) नेपाल सरकार B) प्रदेश सरकार C) गाउँसभा वा नगरसभा D) स्थानीय सरकार सञ्चालन ऐन, २०७४
14.नेपालमा कुन जातिको प्रसिद्ध नाँचलाई च्याब्रुङ नाँच भनिन्छ?
A . लिम्बु B) शेर्पा C) राई D) भोटे
15.तलको भनाई विचार गर्नुहोस्?
1. नेपालमा १३ वटा राष्ट्रिय निकुञ्जले ११,८०६.०२ वर्ग कि.मि. क्षेत्रफल ओगटेका छन्।
2. नेपालमा हाल वन क्षेत्र नभएका स्थानीय तहहरूको संख्या १०६ रहेको छ।
3. जैविक विविधताको हिसावले विश्वको सबैभन्दा अग्रनी स्थानमा रहेको राष्ट्रिय निकुञ्ज से-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज हो।
4. नेपालमा वृक्षारोपन दिवस असार १४ गते मनाईन्छ।
माथि दिइएका कथनहरूमध्य कुन कुन कथन सही छ/छन्?
A) 1 र 2 मात्र B) 2 र 3 मात्र C) 3 र 4 मात्र D) 2 र 4 मात्र
16. एउटा पसलेले टोकरीलाई अण्डाले यसरी भर्छ कि प्रत्येक दिन टोकरीमा हाल्ने अण्डाको संख्या र टोकरीमा भएका अण्डाको संख्या बराबर हुन्छ । यसरी भर्दा 12 दिनमा टोकरी भरिन्छ भने कति दिन पछाडि टोकरी आधा भरिएको थियो ?
A) 6 B) 8 C) 10 D. 11
17. यदि PROMOTION को कोड QSP89 हुन्छ भने DEMOTION को कोड के हुन्छ ?
A) EF89 B) EG98 C) EG89 D) EF98
18. कल्पनाको हालको उमेर उसको विवाह गर्दाको समयको उमेरको 6/5 भाग छ । उनको विवाह 6 वर्ष अगाडि भएको थियो । उनको छोराको उमेर उनको हालको उमेरको 1/12 भाग भए कल्पनाको छोराको उमेर कति हो ?
A) 2 B) 3 C) 4 D) 5
19. यदि X र Y प्राकृतिक संख्याहरू हुन् र x4 – y4 = 15 छ भने x4 ± y4 को मान कति हुन्छ ?
A) 16 B) 16 C) 18 D) 17
20. बच्चाले बाबालाई खोज्न पूर्वतिर हिडेर 90 मि. दायाँ फर्केर 20 मि. हिँडे । त्यसपछि उनी दायाँ फर्के र 30 मि हिँडेपछि ’उनी काकाको घरमा पुगे । उनको बाबा त्यहाँ थिएनन् र त्यहाँबाट उनी 100 मि. उत्तरतिर गए र बाबालाई भेटे । उनले शुरुको विन्दुबाट कति टाढा पुगेपछि आफ्नो बाबालाई भेट्टाए ?
A) 80 m B) 100 m C) 140m D) 260m
1. B 11. C
2. C 12. A
3. B 13. A
4. C 14. A
5. A 15. C
6. A 16. B
7. B 17. A
8. B 18. B
9. C 19. D
10. B 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100