चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1078 of 1108
  • 2026-10-08
  • 13:17:06
  • बिहिबार,आश्विन २२, २०८३

About Author

सेयर बजार बिहिबार पनि घट्यो अन्तिम समयमा बजारमा उतारचढाव

काठमाडौं– पुँजी बजार सूचक नेप्से बिहिबार पनि झरेको छ। नेप्से सूचक १.०८ अंकले घटेर १९७२.२९ को बिन्दुमा आएको छ। कारोबार रकम औसत रहेको बजारमा अन्तिम समयमा उतारचढाव देखिएको थियो। आज बजारमा १ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २ सय २५ कम्पनीका ३९ लाख ५५ हजार ८ सय ८६ कित्ता शेयर खरिद बिक्रि भएको छ। बजारमा नेपाल टेलिकमको १२ करोड २२ लाख बराबरको कारोबार भएको छ। त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५ करोड ६५ लाख, नेष्डो समृद्ध लघुवित्तको ४ करोड ८८ लाख, रिडी हाइड्रोको ४ करोड १६ लाख, तथा अरुण काबेली पावरको ३ करोड ८२ लाखको कारोबार भएको छ। ७ समूह सकारात्मक बनेका छन्। बैंकिंग, ट्रेडिङ, उत्पादन तथा प्रशोधन, अन्य, म्युचुअल फण्ड र इन्भेष्टमेन्ट बाहेकका सबै समुहगत सूचक बढेका छन्। हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण र संस्थापक दुवैको शेयर मूल्य १० प्रतिषतले बढेको छ। त्यस्तै अपर हेवाखोलाको शेयर मूल्य ६.५८ प्रतिशतले बढेको छ भने महुली लघुवित्तको शेयर मूल्य ५.८४ तथा शाप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ५.२२ प्रतिशतले बढेको छ। राप्ती हाइड्रोको शेयर मूल्य सर्वाधिक ४.३८ प्रतिशत, गणपति लघुवित्तको शेयर मूल्य ४.०१ प्रतिशत, तथा मेलुङखोला हाइड्रोको शेयर मूल्य ३.६७ प्रतिशत घटेको छ।

News by सेयर बजार बिहिबार पनि घट्यो अन्तिम समयमा बजारमा उतारचढाव :