८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक - Chaitanya News
  • 2026-06-05
  • 17:09:20
  • शुक्रबार,जेठ २२, २०८३
  • ८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

    ८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

    काठमाण्डौ – पहिरोका कारण बन्द नारायणगढ–मुग्लिन सडक खण्ड आठ घण्टापछि पुनः सञ्चालनमा आएको छ।

    भरतपुर महानगरपालिका वडा नम्बर २९ केराबारी र १८ किलोमा पहिरो खस्दा आज बिहीवार बिहानदेखि यो सडक दुईतर्फी नै बन्द भएको थियो।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार पहिरो पन्छाएसँगै रोकिएका गाडी अहिले गन्तव्यतर्फ लागेका छन्। पहिरो पन्छाउनका लागि दुई वटा लोडरसहित एस्काभेटर प्रयोग गरिएको थियो।