तीन जिल्लाबाट सिफारिसमा परे अध्यक्ष यादव - Chaitanya News
  • 2026-04-21
  • 15:02:00
  • मंगलबार,बैशाख ०८, २०८३
  • तीन जिल्लाबाट सिफारिसमा परे अध्यक्ष यादव

    तीन जिल्लाबाट सिफारिसमा परे अध्यक्ष यादव

    काठमाडौं– आगामी ४ मंसिरमा हुने संघीय निर्वाचनमा जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको नाम मधेसका तीन जिल्लाबाट सिफारिस भएको छ। सप्तरी, सिरहा र बाराबाट प्रतिनिधिसभाको चुनावका लागि यादवको नाम सिफारिस भएको हो।

    पहिलो संविधानसभाको निर्वाचनमा मोरङ र सुनसरीबाट चुनाव जितेका यादव दोस्रो संविधानसभा निर्वाचनमा सुनसरीबाट निर्वाचित भएका थिए। २०७४ को निर्वाचनमा भने उनी सप्तरीबाट निर्वाचित भएका थिए।