‘ चलचित्र प्रेमगीत ३’ को हिन्दी ट्रेलर सार्वजनिक  [भिडीयो सहीत] - Chaitanya News
  • 2026-04-21
  • 15:03:04
  • मंगलबार,बैशाख ०८, २०८३
  • ‘ चलचित्र प्रेमगीत ३’ को हिन्दी ट्रेलर सार्वजनिक  [भिडीयो सहीत]

    ‘ चलचित्र प्रेमगीत ३’ को हिन्दी ट्रेलर सार्वजनिक  [भिडीयो सहीत]

    काठमाडौं– नेपाली–इण्डो चलचित्र ‘प्रेमगीत ३’ को ट्रेलर सार्वजनिक भएको छ। हिन्दी भाषामा सार्वजनिक गरिएको ट्रेलरमा राजयुग र प्रेमयुगबीचको लडाइँलाई प्रस्तुत गरिएको छ। यसअघि टिजर दुवै भाषामा सार्वजनिक गरिएको थियो।

    चलचित्रमा अभिनेता प्रदीप खड्का र नवअभिनेत्री क्रिस्टिना गुरुङ मुख्य पात्रका रूपमा फिचर्ड छन्।

    सार्वजनिक ट्रेलरबाट चलचित्रको कथावस्तुलाई केही हदसम्म देखाउन खोजिएको छ। छोराको भूमिकामा प्रदीप खड्का र मनिष राउत देखिएका छन् भने शिव श्रेष्ठले राजाको भूमिका निर्वाह गरेका छन्। ट्रेलरमा यसअघि सार्वजनिक भएका २ टिजरका अधिकांश दृश्य समावेश गरिएको छ।

    राजेश श्रेष्ठले छायांकन गरेको चलचित्रमा सुनिल थापा, प्रेम पुरीलगायतका कलाकारको पनि अभिनय छ। चलचित्रलाई स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका हुन्। चलचित्र यही असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ रिलिज हुनेछ।