पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु - Chaitanya News
  • 2026-05-24
  • 15:47:31
  • आइतबार,जेठ १०, २०८३
  • पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

    पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

    काठमाडौं– पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्‍यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५५७ जनाको परीक्षणमा २६९ जनामा संक्रमण पुष्टि भएको हो।

    स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७३२ जनाको पीसीआर परीक्षण गर्दा १८० जना र १ हजार ८२५ जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको छ।

    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार १५८ पुगेको छ।

    पछिल्लो २४ घण्टामा २१५ जना संक्रमणमुक्त भएका छन्। जसमध्‍ये ३ हजार ४ जना होम आइसोलेसनमा रहेका छन् भने १५४ जना संस्थागत आइसोलेसन र ४६ जना आईसीयूमा छन्।

    यस्तै ७ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

    बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार २२७ पुगेको छ।