राष्ट्रियसभाको बैठकबाट आजै नागरिकता विधेयक पारित गर्ने - Chaitanya News
  • 2026-06-05
  • 17:09:20
  • शुक्रबार,जेठ २२, २०८३
  • राष्ट्रियसभाको बैठकबाट आजै नागरिकता विधेयक पारित गर्ने

    राष्ट्रियसभाको बैठकबाट आजै नागरिकता विधेयक पारित गर्ने

    काठमाडौं– राष्ट्रियसभाको बैठकबाट आजै नागरिकता विधेयक पारित गर्ने तयारी भएको छ। राष्ट्रपतिले सन्देससहित फिर्ता पठाएको विधेयक प्रतिनिधिसभाले विना संशोधन पारित गर्दै राष्ट्रियसभामा पठाएपछि यहाँबाट पनि पारित गर्न लागेको हो।

    नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश भएको थियो। राष्ट्रियसभाले छलफलका लागि समितिमा पठाए पनि समितिको हिजो बसेको बैठकले विधेयक जस्ताको तस्तै बहुमतबाट पास गरेको थियो।

    समितिमा रहेका एमालेका तीनसहित पाँच सदस्यले फरक मत राखेका छन्। तर, बहुमतले पारित भएको थियो। राष्ट्रिय सभाको  आजै अपरान्ह ४ः४९ बजे दोस्रो बैठकले पारित गर्ने कार्यसूची छ।