चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 10 of 1167
  • 2026-11-29
  • 17:15:27
  • आइतबार,मंसिर १४, २०८३

About Author

बैंकिङ समूह चम्किँदा नेप्सेमा १५ अंकको सुधार, कारोबार पनि बढ्यो

काठमाडौं– बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण बढेसँगै मंगलबार सेयर बजारमा सुधार देखिएको छ। बैंकिङ समूह सबैभन्दा धेरै बढ्दा नेप्से परिसूचक १५.३९ अंकले उकालो लागेको छ। उक्त वृद्धिसँगै नेप्से परिसूचक २ हजार ६३८ अंकमा पुगेको छ। अघिल्लो कारोबार दिन पनि नेप्से २.२६ अंकले बढेको थियो। बजार परिसूचकसँगै कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको छ। सोमबार ३ अर्ब ८२ करोड रुपैयाँको सेयर कारोबार भएकोमा मंगलबार बढेर ५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। आज कारोबार भएका कम्पनीमध्ये १६५ वटाको सेयर मूल्य बढेको छ भने १११ वटाको घटेको छ। तीन कम्पनीको मूल्य भने स्थिर रहेको छ। मंगलबार बैंकिङ समूह १.२४ प्रतिशतले बढेको छ। बजार पूँजीकरणमा सबैभन्दा ठूलो हिस्सा रहेको यस समूहको वृद्धिले समग्र नेप्सेलाई माथि तान्न महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। बैंकिङ समूहका कम्पनीको मात्रै १ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ। त्यस्तै विकास बैंक १.०४, होटल तथा पर्यटन ०.९४, व्यापार ०.९७, उत्पादन तथा प्रशोधन ०.६१, जलविद्युत् ०.४६, लगानी ०.३०, निर्जीवन बीमा ०.२६, जीवन बीमा ०.१४ र फाइनान्स समूह ०.०३ प्रतिशत बढेका छन्। माइक्रोफाइनान्स ०.१८ र अन्य समूह ०.३९ प्रतिशत घटेका छन। कारोबार रकमका आधारमा जलविद्युत् समूह भने अगाडि रहेको छ। यस समूहका कम्पनीको १ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको छ। व्यक्तिगत कम्पनीतर्फ एभरेस्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै ५.०५ प्रतिशत बढेको छ। माउन्टेन हाइड्रो नेपाल ३.४२, सिटी होटल ३.०९, जनउत्थान सामुदायिक लघुवित्त ३.०१, हिमालयन डिस्टिलरी २.७९ र स्वेत गंगा हाइड्रोको मूल्य २.७८ प्रतिशत बढेको छ। यता मानुषी लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ८ प्रतिशत घटेको छ। मेन्छियाम हाइड्रोपावर ७.२७, ओम मेगाश्री फर्मास्युटिकल्स ३.६७, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स ३.५१ र मुक्तिनाथ कृषि कम्पनीको मूल्य ३.१७ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा सोल्टी होटल, ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन डिस्टिलरी, रिलायन्स स्पिनिङ मिल्स, पिपुल्स हाइड्रोपावर, एनआईसी एसिया बैंक, कुमारी बैंक र एनएमबी बैंक अगाडि रहेका छन्।

News by बैंकिङ समूह चम्किँदा नेप्सेमा १५ अंकको सुधार, कारोबार पनि बढ्यो :