शान्ति प्रसाद, Author at Chaitanya News - Page 2 of 3
  • 2026-11-21
  • 15:59:28
  • शनिबार,मंसिर ०६, २०८३

About Author

“चैतन्य उत्कृष्ट शिक्षासेवी सम्मान २०८२” बाट अपर्णा भट्ट सम्मानित

धनगढी– कैलालीको धनगढीस्थित चैतन्य पाठशालाको २५ औँ वार्षिकोत्सव (रजत जयन्ती) तथा अभिभावक दिवसको अवसरमा शिक्षा क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको छ । सोही अवसरमा अपर्णा भट्टलाई “चैतन्य उत्कृष्ठ शिक्षासेवी सम्मान – २०८२” प्रदान गरिएको हो । शिक्षा क्षेत्रको उन्नयन, गुणस्तरीय शिक्षाको प्रवद्र्धन तथा भावी पुस्ताको उज्ज्वल भविष्य निर्माणका लागि निरन्तर समर्पित भई पु¥याउनुभएको उल्लेखनीय योगदानको कदर गर्दै भट्टलाई उक्त सम्मान प्रदान गरिएको पाठशालाले जनाएको छ । चैतन्य पाठशालाले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष शिक्षा, साहित्य, खेलकुद तथा समाजसेवा लगायतका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ । यस वर्ष पनि विभिन्न क्षेत्रमा सक्रिय दुई सयभन्दा बढी व्यक्तित्वहरूलाई सम्मान गरिएको जनाएको छ ।

News by “चैतन्य उत्कृष्ट शिक्षासेवी सम्मान २०८२” बाट अपर्णा भट्ट सम्मानित :