शान्ति प्रसाद, Author at Chaitanya News - Page 2 of 2
  • 2026-10-07
  • 12:11:45
  • बुधबार,आश्विन २१, २०८३

About Author

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा प्राध्यापक सुरेन्द्र चन्द ‘उत्कृष्ट शिक्षा सेवी सम्मान’बाट सम्मानित

धनगढी– चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा प्राध्यापक सुरेन्द्र चन्दलाई ‘चैतन्य उत्कृष्ट शिक्षा सेवी सम्मान’ प्रदान गरिएको छ । शिक्षा सेवामा दीर्घकालीन समर्पण, नेतृत्वदायी भूमिका, संस्थागत विकास तथा शैक्षिक गुणस्तर अभिवृद्धिमा पु¥याउनु भएको अतुलनीय योगदानको उच्च कदर स्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको आयोजक चैतन्य पाठशालाले जनाएको छ । सुदूरपश्चिममै रहेर शिक्षा क्षेत्रमा आफ्नो जीवन समर्पण गर्दै विद्यार्थी र शैक्षिक संस्थाको समग्र उन्नयनमा योगदान पु¥याउँदै आएको उल्लेख गरिएको छ। महोत्सवको विशेष समारोहका क्रममा चैतन्य पाठशालाको तर्फबाट सम्मान–पत्र, दोसल्ला सहित कार्यक्रमका प्रमुख अतिथि डा। चिन्तामणि नाथ योगी र चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले समुहीक रूपमा प्राध्यापक चन्दलाई सम्मान गरेका हुन् । पूर्व क्याम्पस प्रमुख तथा प्राध्यापक चन्दले अध्यापनसँगै शैक्षिक व्यवस्थापन, शिक्षक मार्गदर्शन र विद्यार्थी नेतृत्व विकासमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका र उनका प्रयासले शैक्षिक वातावरण सुदृढीकरण र गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा सकारात्मक प्रभाव पारेको चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले बताए । चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ अन्तर्गत शैक्षिक, खेलकुद, सांस्कृतिक, विज्ञान तथा प्रविधि प्रदर्शनी, विभिन्न प्रतियोगिता तथा सम्मान कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका छन्। आयोजकका अनुसार आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य, समाजसेवा, उद्यमशीलता र प्रविधि क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्दै प्रेरणादायी कार्यक्रमलाई निरन्तरता दिइनेछ।

News by चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा प्राध्यापक सुरेन्द्र चन्द ‘उत्कृष्ट शिक्षा सेवी सम्मान’बाट सम्मानित :