चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 576 of 1152
  • 2026-11-22
  • 00:21:56
  • शनिबार,मंसिर ०६, २०८३

About Author

तपाँईको आजको राशिफल

मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ आज अरुलाई प्रभावित पारेर काम बन्ने छ। रोकिएको धन हात पर्ला। न्यायिक कार्यमा सफलता मिल्ने छ। व्यापारमा राम्रै धनलाभ पनि हुनेछ। मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा सामूहिक तथा रमाइलो सफल यात्रा हुनेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। व्यवसायमा सफलता र आर्थिक सहयोग पनि मिल्ने छ। सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे स्वादिष्ट भोजनको विशेष अवसर मिल्ने छ। सवारी साधन खरिद गर्ने योग छ। आज पहेँलो रङ्गको पहिर गर्नाले विभिन्न समस्याबाट जोगाउन सक्छ। तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ। नयाँ काम सुरु गर्ने समय छ। चलाखीपूर्ण कार्यसिद्ध हुनसक्छ। भाग्यले विभिन्न अवसरपनि जुराउनेछ। धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे महत्वपूर्ण कामको थालनी हुनेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। सामाजिक क्षेत्रमा सफलता मिल्ने छ। लक्ष्मी प्रसन्न हुने योग पनि छ। कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा आज धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ। प्रेमीको सुझाव अनुरूप कार्य सम्पन्न पनि गर्न सकिने छ। वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। सामान हराउने वा चोरी हुने सम्भावना छ। अभिभावकको सल्लाहअनुरूप चल्न सके समस्याबाट मुक्त हुन सकिनेछ। कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो रोकिएका काम पुनः सुरु हुन सक्छन्। महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ। लाभदायक यात्रा होला, तर पुँजी बजार भने कमजोर रहला। कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो आज स्वास्थ्यमा खर्च बढ्ने छ। यात्रामा मालसामान हराउन सक्छ। सानातिना समस्यामा अल्झनु पर्नेछ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु आज एकपछि अर्को अवसर आउनाले मनमा प्रसन्नता छाउने छ। घरमा अतिथिको आगमन हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउने छन्। मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि जिद्दीपनाले गर्दा काम बिग्रने र आफूलाई कमजोर भएको अनुभूति हुनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्ने छ, तर साँझमा साथीको सहयोग पाइनेछ। मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि आज रोकिएका काम पूरा हुन सक्छ। धार्मिक क्षेत्रको भ्रमण हुनसक्छ। करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।